सिमरा खानेपानीमा मतदान शुरु, मतपरिणाम आजै आउने

ए वान डेस्क /
बाराको सिमरामा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नया कार्यसमिति चयन गर्न मतदान शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीका अनुसार केहीबेर अघिदेखि मतदान शुरु भएको हो ।
सहज रुपमा मतदान गर्न पुरुष र महिलाका लागी मतदान स्थलमा छुट्टा छुट्टै लाईनको व्यवस्था गरिएको छ । मतदानगर्न ३ वटा मतपेटिका राखिएको छ । क्षेत्रीका अनुसार मतदान आज अपराहन्न ४ बजेसम्म चल्नेछ । निर्वाचनमा २२ सय ४९ जनाले मतदान गर्नेछन् ।
आजै मतगणना हुने
मुख्य निर्वाचन अधिकृत क्षेत्रीका अनुसार मतगणना आजै हुनेछ । ‘अपराहन्न ४ बजेसम्म हामी मतदान गर्नेछौ, साझ ६ बजेदेखि भने हामीले मतगणना शुरु गर्ने तयारीमा छौ’ क्षेत्रीले भन्नुभयो ।