सिमरा खानेपानी : मतगणना शुरु, मतपरिणाम आजै आउने

ए वान डेस्क /
बाराको सिमरामा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आजै नया कार्यसमिति पाउने भएको छ । नया कार्यसमिति चयन गर्न आज बिहानैदेखि भएको मतदानको मतगणना शुरु भएको छ ।
साझ ६ बजेदेखि शुरु भएको मतगणनाको मतपरिणाम आजै शार्वजनीक गर्ने तयारी गरिएको छ । मतपरिणाम शार्वजनीक भएपछि समितिले आजै नया कार्यसमिति पाउने लगभग निश्चित जस्तै छ ।
समितिको नया कार्यसमिति चयन गर्न आज भएको मतदानमा १९३५ मत खसेको छ ।