बाराका सासंदले पनि छुट्टा छुट्टै भाषामा लिए सपथ, कसले कुन भाषा प्रयोग गरे ?

ए वान डेस्क /
बाराका सासंदले आज छुट्टा छुट्टै भाषामा सपथ लिएका छन् । प्रदेश नम्बर २ को राजधानी जनकपुरमा आयोजित सपथ ग्रहण कार्यक्रममा बाराली सासंदले छुट्टा छुट्टै भाषामा सपथ लिएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा बाम गठबन्धन र काग्रेसका सासंदहरुले नेपाली र मधेशवादी दलका सासंंदहरुले भोजपुरी भाषामा सपथ लिएका छन् । ‘हामीले त नेपाली भाषामा सपथ खायौ, मधेशवादी दलका सासंदहरुले भने भोजपुरीमा खानुभयो’ सासंद ज्वाला शाहले ए वान समाचारसंग भन्नुभयो ।