सिमरामा भोली खाना प्रदर्शनी हुदै, तयारी अन्तिम चरणमा

ए वान डेस्क /
बाराको सिमरामा भोली खाना प्रदर्शनी तथा प्रतियोगिता हुदैछ । होटल व्यवसायी संघ बाराको आयोजनामा भोली सिमरामा हुन लागेको खाना प्रदर्शनी तथा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
दक्ष जनशक्ति उत्पादन र होलट तथा पर्यटन व्यवसायलाई प्रवर्दन गर्ने उदेश्यका साथ प्रदेश नम्बर २ मै पहिलो पटक सिमरामा खाना प्रदशनी तथा प्रतियोगिता गर्न लागिएको होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार भोलिको खाना प्रदर्शनीमा दर्जनौ खानाका परिकार राखिनेछ ।
उहाले कार्यक्रमको प्रत्यक्ष अवलोकन गरी भब्य रुपमा सफल पार्नसमेत सबैमा आग्रह गर्नुभयो । कार्यक्रम भोलि बिहान ११ बजेपछि सिमराको गुप्ता मार्केटमा हुदैछ ।