जनताले अब छिट्टै परिवर्तनको अनुभुती गर्नेछन् : मेयर पौडेल

ए वान डेस्क
९ माघ २०७४, मंगलवार १७:५१

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उपमहानगरको बिकासका कामले अब तिब्रता पाउदै जाने बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ स्थित अम्बाटारमा सडक ढलानको शिलन्यास गर्दै नगर प्रमुख डा. पौडेलले प्रथम नगर सभाबाट पारित योजना कार्यान्यवन शुरु भएको र जनताले परिवर्तनको अनुभुती गर्ने बताए ।

उपमहानगरमा कार्यभार सम्हालेको सयौं दिनमै नगर सभा सम्पन्न गरेर योजना कार्यान्यवनमा ल्याउन सुरु गरेको भन्दैै नगर प्रमुख डा. पौडेलले बिकासका कामलाई पारदर्शी र दिगो बनाउनका निम्ति जनताको सहभागितामा अघि बढिरहेको बताए । नगर सभाबाट पारित झण्डै पाच सय योजना सम्पन्न गराउनेतर्फ यतिबेला उपमहानगरको ध्यान केन्द्रीत रहेको डा. पौडेलले बताए ।

उपमहानगरका २४ वटै वडामा अहिले वडा र नगर स्तरका योजना कार्यान्यवनका लागि उपभोक्ता समिति गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगिसेकेको र अब सबै वडामा एकसाथ काम अघि बढ्ने बताए । उपमहानगरबाट पारित योजना कार्यान्यवनमा नगरबासीले देखाएको उत्साहबाट आफू अत्यन्त खुशी भएको भन्दै नगर प्रमुख डा. पौडेलले समृद्धिको अभियानमाबाट सबैबाट सहयोग पाउनेमा आशावादी रहेको बताए ।

कार्यक्रममा नगर उपप्रमुख सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेती वडा नम्बर ११ का अध्यक्ष विनोद यादवलगायत उपभोक्ता समिति र स्थानियको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*