सिमरामा खाना प्रदर्शनी : फरक शैलीमा मेयरले गरे उद्घाटन

ए वान डेस्क /
होटल व्यवसायी संघ बाराले सिमरामा खाना प्रदर्शनी तथा प्रतियोगिताको आयोजना गरेको छ । कार्यक्रमको जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले फरक शैलीमा उद्घाटन गर्नुभएको छ ।
सिमराको गुप्ता मार्केटमा आयोजित खाना प्रदर्शनी तथा प्रतियोगिताको पौडेलले सेफको भुमिकामा काक्रो काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी युवराज लामा, वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर केसी, उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष घनश्याम गिरि, बरिष्ठ उपाध्यक्ष युवराज लामा, पुर्व अध्यक्ष रेशम तिवारी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक भुवन भट्ट, शान्ति समाज बाराका सभापति रघु लामिछाने, होटल ईच्छा सिमराका म्यानेजर सरन घले लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रम अहिले चलिरहेको छ । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहनशर्मा लामिछानेको अध्यक्षमा भईरहेको कार्यक्रमको सञ्चालन पत्रकार संतोष देउजाले गरिरहनुभएको छ । कार्यक्रममा केहीबेर अघिदेखि प्रतियोगिता शुरु भएको छ ।