करैयामा भोलिदेखि पिपरा गोल्डकप शुरु हुदै, सम्पुर्ण तयारी पुरा
ए वान डेस्क /
बाराको करैयामाई गाउँपालिका ७ स्थित पिपरामा भोलीदेखि दोश्रो पिपरा गोल्डकप शुरु हुदैछ । सिर्जनशिल यूवा क्लबको आयोजनामा भोलिदेखि शुरु हुने गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको छ ।
गोल्डपको भोलि एक कार्यक्रमकाबिच युवा तथा खेलकुद राज्यमन्त्री तेजलाल चौधरीले उद्घाटन गर्नुहुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा शसस्त्र प्रहरी वलको पथलैया स्थित रुद्र वाहिनी, नेपाल आर्मीको चन्दनाथ गण कलैया, मकवानपुर ११ , विएफसि चितवन, एफसि वेंगखरी महोतरी, यूवा स्पोर्टस क्लब वीरगञ्ज, हिमकस्तुरी क्लब लाहान, बारा ११, नेपाल खेलकुद क्लब रौतहट र आयोजक सिर्जनशिल युवा क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले एकलाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।















