बल्ल मिल्यो अरनिको सिमेन्ट र स्थानीयबिचको बिबाद, यसरी जुट्यो सहमती

ए वान डेस्क
११ माघ २०७४, बिहीबार २०:३५

ए वान डेस्क /

झन्डै ७ महिनापछि जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ५ का स्थानीय र अरनिको सिमेन्टबिचको बिबाद मिलेको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेस केशरीको बिशेष उपस्थितिमा आज बिहान झन्डै डेढ घण्टा भएको छलफलपछि बिबाद मिलेको हो ।

यसअघि मानववस्ती बिचबाट ११ हजार भोल्टेजको बिद्युत्त लगिएको भन्दै स्थानीयले विरोध जनाएका थिए । विरोध स्वरुप वडा अध्यक्ष मोहित चौधरीको नेतृत्वमा स्थानीयले बिद्युत्त सञ्चालनमा रोक लगाएका थिए ।

पटक पटक उद्योग प्रशासन, जिल्ला प्रशासन र स्थानीयबिच छलफल भएपनि कुनै ठोस सहमती हुन सकेको थिएन् ।

यसरी जुट्यो सहमती

छलफलमा बाराका सहायक प्रमुख जिल्ला अधिकारी केशरीले बिद्युत ब्यवस्थापका लागी स्थानीयसँग १५ दिनको समय मागेका थिए । १५ दिनभित्रमा समस्या समाधान नभए आफु जवाफदेहि हुने भन्दै केशरीले स्थानीयलाई बिश्वस्त दिलाएका थिए । सहमति पत्रमा १५ दिनभित्र मानब बस्ति नजीकैको ५०० मिटर लाईनमा ओभर हेडेड कण्डक्टर राखीने, उद्योगले बिकासका कार्यमा सहयोग गर्ने, समय समयमा सडक मर्मत गर्ने, उद्योगमा रोजगारीका लागी स्थानीयलाई पहिलो प्राथमिकता दिने लगायका ६ बुँदा समावेश गरिएको छ  ।

सहमती पत्रमा दुबै पक्षले हस्ताक्षर गरेका थिए । छलफलमा बाराका सहायक प्रमुख जिल्ला अधिकारी केशरी, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साह, वडा अध्यक्ष चौधरी, उद्योगका प्रबन्धक हरीसंकर कर्ण, सशस्त्र प्रहरी बल औद्योगीक सुरक्षा गुल्म औराहका प्रहरी नायव उपरीक्षक बलराम लामीछाने, नेपाल बिद्युत प्राधिकरण सिमरा शाखाका प्रमुख रोहिणी पौडेल, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्ट लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*