विरगञ्जमा बन्ने भयो व्यापार प्रदर्शनी केन्द्र

ए वान डेस्क
१२ माघ २०७४, शुक्रबार ०६:२४

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ। वि. सं. २०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले एम्बुस विस्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए। यसरी नै मन्त्रिपरिषद् बैठकले पूर्वी रुकुमको सदरमुकाम उत्तरगंगा नगरपालिका– १२ लाई तोकेको छ।

सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोल्ने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ, जसअनुसार प्रदेश- १ को धरान, २ को वीरगंज, ३ को चोभार, ४ को दमौली, ५ को दाङ, ६ को सुर्खेत र ७ को कञ्चनपुर तोकिएको छ।

यसैगरी अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई आजीवन मासिक पाँच हजार रुपैयाँ भत्ता दिने, परिवार नियोजन संघको केन्द्रीय समिति विघटन गर्ने र छत्रबहादुर गिरीको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गर्ने निर्णय पनि भएको छ।

सार्वजनिक खरिद अनुगमन समितिका उपसचिव कृष्ण देवकोटाको नागरिक, पर्यटन तथा उड्डयन मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*