सिमराका अपर्णराज घिमिरले फेसबुकमा किन लेखे यस्तो ?

ए वान डेस्क
१२ माघ २०७४, शुक्रबार १९:०२

ए वान डेस्क /

विवेकशील साझा पार्टी बाराका अध्यक्ष अपर्णराज घिमिरेले आज दिउसो फेसबुकमा एउटा स्टाटस लेखे ‘अबको आशा, कोरियन भाषा, जा केटा हो बिदेशै ठिक छ, यहा फकाएर उहि भेडै त बनाउने रहेछन्’ भनेर । तर उनको स्टाटस केही घण्टापनि टिकेन् । उनको पार्टीको नारा अबको आशा, विवेकशिल साझा हो ।

उनको लेखाईलाई कतिपयले पार्टी परित्यागको तयारी पनि भनेका छन् । यस्तो थियो उनको स्टाटस

यता, घिमिरेले भने त्यसो नभएको बताए । उनले फेसबुकको कमेन्टमा लेखेका छन् ‘मैले पार्टि परित्यागको कुरै गरेको छैन, frustation मा लेखिएको एउटा स्टाटसलाई यहाँले राजिनामामै पुर्याईदिनुभएछ । अरु केही गर्न नसके पनि युवाहरुमा राजनितिक रुचि जगाउन सफल भएकोमा हामीमा सन्तुष्टि छ’ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*