विरगञ्ज अनसनको २४औ दिन : सघर्ष समितिले दियो यस्तो चेतावनी

माघ २१ गते बस्ने प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठकले वीरगन्जलाइ स्थायी राजधानी तोक्ने निर्णय नगरे बारा पर्साबाट निर्वाचित भएका विधायकहरुलाइ वीरगन्ज प्रवेशमा निषेध गरिने वीरगन्ज राजधान संघर्ष समितिका अगुवाहरुले चेतावनी दिएका छन् । प्रादेशीक राजधानीका लागि एक महिना देखि भइरहेको आन्दोलन अन्तर्गत आज वीरगन्जमा भएको विरोध जुलुशपछि घण्टाघर चोकमा आयोजित विरोधसभालाइ सम्बोधन गर्दै संघर्ष समितिका अगुवाहरुले यस्तो चेतावनी दिएका हुन् ।
विरोधसभालाइ सम्बोधन गर्दै एमालेका युवा नेता मनोज चौधरीले सरकारले अस्थायी राजधानी जनकपुरलाइ तोकेर वीरगन्जसंग कुठराघात गरिसकेको भन्दै अब स्थायी राजधानी तोक्ने जिम्मेदवारी विधायकहरुको हातमा आएकाले प्रदेशसभाको बैठकले स्थायी राजधानी वीरगन्जलाइ बनाउने निर्णय नगरे सबै दलका विधायकहरुलाइ वीरगन्ज प्रवेश निधेष गरिने चेतावनी दिनु भयो । अहिले वीरगन्जमा भइरहेको आन्दोलनमा केहि दलका नेता र निर्वाचित जनप्रतिनिधीहरुले असहयोग गरेको भन्दै उहाले यदि वीरगन्ज राजधानी बन्न सकेन भने भोलिका दिन तीनै नेताहरुका सन्ततीले उनिहरुलाइ धिक्कार्ने बताउनु भयो ।
विरोधसभालाइ सम्बोधन गर्दै संघर्ष समितिका सदस्य समेत रहेका नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले प्रदेश सभाको बैठकमा शसक्त आवाज उठाएर वीरगन्जलाइ स्थायी राजधानी बनाउने पर्सा बाराका विधायकहरुलाइ वीरगन्जवासीले एक हजार किलोको फुलको माला लगाइ दिने बताउनु भयो ।
राजधानी संघर्ष समितिले यहि माघ १९ गते वीरगन्जमा बृहत आमसभा, २० गते मशाल जुलुश र २१ गते आम हडतालको आह्वान गरेको भन्दै तण दल बाराका अध्यक्ष्ँ सिंहले घोषित आन्दोलनका कार्यक्रमलाइ सफल बनाइदिन आह्वान पनि गर्नु भयो । विरोधसभालाइ सम्बोधन गर्दै महिला नेतृ अनिता रौनीयारले पर्सा र बारामा निर्वाचित भएका विधायक र सांसदहरुले अहिले आएर वीरगन्ज र वीरगन्जवासीलाइ धोका दिइरहेको आरोप लगाउनु भयो ।
विरोध सभामा राजधानी संघर्ष समितका सहसंयोजक एंव पुर्व सांसद राज कुमार गुप्ता , संघर्ष समितिका सदस्यहरु बसरुद्धिन अन्सारी , अरविन्द गुप्ता , शम्भु गुप्ता , बृजलाल पासवान , वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष गजेन्द्र पटेल लगायतको पनि सहभागीता रहेको थियो ।
यसैबिच राजधानीको माग गर्दै घण्टाघर चोकमा पुष २१ गते देखि चलिरहेको रिले अनशनको २४ औं दिन आज नेविसंघका ११ जना नेता कार्यकर्ताहरु बसेका छन् । आजको रिले अनशनमा नेविसंघका नेता बद्रि नारायण तिवारीको नेतृत्वमा रोशन सिंह , विकास साह , शशी काफले , चन्दन सहनी , मुनराज तिवारी , विकास मेहता , मनिष यादव , अनुराग तिवारी , शर्मा पटेल र शम्भु साह बस्नु भएको हो ।