ब्राजिलमा बन्दुकधारीको हमला, १४ को मृत्यु

ए वान डेस्क
१४ माघ २०७४, आईतवार १०:३१

उत्तरपूर्वी ब्राजिलमा बन्दुकधारीले एक नाइट क्लबमा हमला गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । तीनवटा कारमा चढेर आएका आक्रमणकारीले फोरटालेजा नजिकको फोर्रो डो नाइटक्लबलाई निशाना बनाएका थिए ।

मृत्यु हुनेहरुमा नाबालिगसमेत छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार आक्रमणकारी लागूऔषध तस्करी समूहसँग सम्वन्धित छन् ।

गत वर्ष सीएरा प्रान्तमा ५ हजार ११४ जनाको हत्या भएको थियो जुन २०१६ को तुलनामा ५० प्रतिशत बढी हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*