बाराको ताजा माछा अब सिन्धुलीमा पनि !

ए वान डेस्क
१५ माघ २०७४, सोमबार १२:२२

ए वान डेस्क /

बाराको ताजा माछा अब सिन्धुलीमा पनि खान पाईने भएको छ । माछा व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहले सिन्धुलीमा पनि नया माछा पसल सञ्चालनमा ल्याउनुभएको छ ।

सिन्धुलीको क.न.पा ६ रातमाटामा सञ्चालित भ्याली लाईभ फिस सेन्टरको आज सासंद राजन दहालले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै सासंद दहालले बाराको ताजा माछा सिन्धुलीमा बिस्तार गर्नु खुशिको कुरा भएको भन्दै मेहनतको फल मिठो हुने बताउनुभयो ।

कार्यक्रममा माछा व्यवसायी संघ बाराका अध्यक्ष शाहले सबैको साथ र सहयोगले नै भ्याली फिस सेन्टर चल्ने भन्दै सहयोगको अपेक्षा गर्नुभयो । यसअघि शाहले काठमाण्डौको बल्खुमा माछा पसल सञ्चालनमा ल्याउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*