प्रदेशसभा सदस्य ज्वाला साहद्धारा बार्षिकउत्सवको उद्घाटन

ए वान डेस्क
१७ पुष २०७४, सोमबार १४:२१

बिदुर खड्का /
जीतपुरसिमरा उप–महानगरपालिकाको रजघट्टामा रहेको जनता माद्यामीक बिद्यालयको बार्षिकउत्सव अहिले भईरहेको छ । ३२औ बार्षिकउत्सवको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ३ को क की प्रदेशसभा सदस्य ज्वाला शाहले उद्घाटन गर्नुभयो ।

वडा नम्बर १४ का वडा अध्यक्षसमेत रहनुभएका पुर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण बर्तोलाको अध्यक्षतामा जारी कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, बिभिन्न राजनितिक दलका प्रतिनिधि, संघ–संस्थाका व्यक्ति, स्थानीय समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको छ । कार्यक्रमको सञ्चालन बिद्यालयका राजु अधिकारीले सञ्चालन गरिरहनुभएको छ ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक पशुपति शर्माले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमकाबिच बिभिन्न बिद्यामा बिद्यालयका बिद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको बिद्यालयका प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*