थानीमाई सामुदायिक बनमा कसले गरे उम्मेदवारी फिर्ता ?

ऐ वान डेस्क /
थानीमाई साुमदायिक बन उपभोक्ता समितिको अध्यक्षका लागी चार जनाबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ताको समय भएपनि कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चार जनाबिच नै प्रतिस्पर्धा हुने भएको हो ।
अध्यक्षका उम्मेदवारहरु माधव त्रिपाठ, गोपाल साह, सोमराज उप्रेती र बुुद्धिप्रसाद पाण्डेले मध्य कसैलेपनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।