सिमरामा निर्वाचनको रौनक, उम्मेदवारहरु भोट माग्न व्यस्त

ए वान डेस्क
१९ पुष २०७४, बुधबार १३:१८

ऐ वान डेस्क /

बाराको सिमरामा थानीमाई सामुदायिक बन उपभोक्ता समितिको चुनावले माहोल तातिएको छ । अध्यक्ष पदका लागी पुष २२ गते निर्वाचन हुदैछ । अध्यक्ष पदका लागी चार जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएका चारै जना आफ्नो पक्षमा मत झार्न यतिबेला घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । आज बिहानैदेखि अध्यक्ष पदका उम्मेदवार माधव त्रिपाठी, सोमराज उप्रेती, बुद्धिप्रसाद पाण्डे र गोपाल साह घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

घरदैलोका क्रममा उम्मेदवारहरुले आ–आफ्नो एजेण्डा प्रस्तुत गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*