मनहरीका उमंग २४ घण्टादेखि बेपत्ता, खोजी गरिदिन आग्रह

प्रमोद अधिकारी /
मकवानपुरको मनहरी निवासि उमंग खुलाल हिजो दिउसोदेखि बेपत्ता भएका छन् । वडा नम्बर ३ बाट हेटौडा १९ बस्तिपुरमा ट्यिुसन पढ्न गएका खुलाल हिजो दिउसोदेखि बेपत्ता भएका हुन् । छोरा बेपत्ता भएपछि खुलाल परिवार चिन्तामा डुबेका छन् ।
हिजो दिउसो करिव साढे चार बजे छोरा ट्यिुसन पढ्न गएपनि हालसम्म घर नफर्किएको आमा सुनिता खुलालले बताउनुभयो । आफन्तहरुको मा सम्पर्क गर्दापनि छोरा नभेटिएपछि खुलाल दम्पती छोराको खोजिमा लागेका छन् ।
उमंगलाई देख्नुहुने जो कोहीले पनि बुबा प्रेम खुलालको मोबाईल नम्बर ९८५५०३१३५० र आमा सुनिता खुलालको मोबाईल नम्बर ९८४५१५१८७० मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।