९औ सिमरा गोल्डकप : माघ २५ देखि फागुन ५ सम्म
ए वान डेस्क /
प्रत्यक बर्ष झै यसबर्षपनि बाराको सिमरामा हुन लागेको सिमरा गोल्डकपको तयारी तिब्र पारिएको छ । आयोजक नव जनजागृती युवा क्लब सिमराले बिगतका बर्षमा झै यसबर्षपनि गोल्डकप भब्य रुपमा सम्पन्न गर्न तयारी तिब्र रुपमा थालेको हो ।
यसबर्ष माघ २५ गतेदेखि फागुन ५ गतेसम्म सिमरा गोल्डकप हुने आयोजकले जानकारी दिएको छ । सिमरा रगंशालामा हुने फुटबल प्रतियोगिता बारे थप जानकारी दिन आयोजकले आज दिउसो पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
दिउसो १ बजेपछि हुन पत्रकार सम्मेलनमा प्रतियोगिताको मिति र तयारीबारे जानकारी गराईने आयोजक क्लबका एक जना सदस्यले जानकारी गराएका छन् ।















