सिमराको तापक्रम ८ डिग्री, जनजिवन कष्टकर

ए वान डेस्क
२३ पुष २०७४, आईतवार १५:५१

ए वान डेस्क /

सिमराको तापक्रम ८ डिग्री सेन्टिग्रेडमा झरेको छ । नागरिक उडडयन प्राधिकरण सिमराका अनुसार सिमराको तापक्रम ८ डिग्रिमा सेन्टिग्रेडमा झरेको हो । हिजो १०–११ डिग्रि सेन्टिग्रेडमा रहेको तापक्रम आज बिहानैदेखि एक्कासी ८ डिग्रिमा झरेको प्राधिकरण सिमराका प्रमुख निराजन काफ्लेले ए वान समाचारलाई जानकारी दिनुभयो ।

‘हिजो १०–११ थियो, आज बिहानैदेखि ८ मा झरेको छ, कहिले बढ्ने अनि कहिले घट्ने अवस्थामा छ’ काफ्लेले भन्नुभयो । काफ्लेका अनुसार झन्डै १ सातादेखि राम्रोसंग हवाईपनि सञ्चालनमा आउन सकेको छैन् । ‘कहिले बादल खुल्छ, कहिले खुल्दैन् यस्तै यस्तै अवस्थाका कारण लगभग १ हप्तादेखि सिमराबाट प्लेनपनि उड्न सकेको छैन्’ काफ्लेले भन्नुभयो ।

चसोका कारण स्थानीय सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । चिसोका कारण न्यूमोनिया र दमका रोगीहरु बढ्न थालेको अस्पतालले जनाएको छ । सिमराका अस्प्तालमा रुघाखोकीका बिरामीको चाप बढेको छ ।

अत्याधिक शितलहरणका कारण किसानहरु बाली उत्पादन नहुने हो कि भन्ने चिन्तामा छन् । चिसोका कारण गाडी चलाउनसमेत समस्या भएको चालकहरूको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*