‘मेयर साब’ लाई नगरवासीले लेखे चिठ्ठी

ए वान डेस्क
२४ पुष २०७४, सोमबार १०:१६

श्री जितपुरसिमरा उप-महानगर पालिका
प्रमुख, डा. कृष्ण पौडेल ज्यु,

आदरणीय मेयर साप नमस्कार
खासै केही त थिएन तर पनि आज होला भोलि होला भनेर कुर्दा कुर्दा नभए पछि आज लेख्दै छु। तपाईं जुन भवन मा मेयरको कुर्सी मा १०० दिन देखि बसि रहनु भएको छ नि । हो त्यही भवनको बाहिर पट्टि लगभग १०० मिटर अगाडि भवन बाट निस्कदा थोरै दाहिने पट्टि । सडक भरि को वारपारै झन्डै ३ महिना अघि देखि थोरै थोरै गर्दै ठूलो भयानक को खाल्डो भएको छ। चक्का खाल्डो मा झर्दा तलको सापट धुरा नै भेटला जस्तो गर्छ । सारै ठूलो छ खाल्डो अनि लगत्तै ३०र३० मिटर मा त्यस्तै अरु दुई खाल्डा छन।

हुनत साना कार हरु कति छोएको पनि होलान तर धनी हरु लाई भाचिए पनि मर्का पर्दैन । मेयर साप जनताको धन बाट किनिएका हजुरको स्कारपियो को चक्का ठूलो हुन्छ जमिन बाट माथिको ग्याप धेरै हुन्छ । खाल्डो मा झर्दा लचक्क गर्छ भित्र एसिमा हजुरलाइ खासै नबुझाउला लचक्क गर्दा आनन्द आएर खाल्डो थाहा भएन होला । तर मेयर साप गरिब ले ऋण गरेर ब्यापार गर्न किनेको जम्मा जमिन बाट १८ इन्छ ग्याप भएको गाडी मा तल छुने डर ले बिस्तारै ओराल्ने गर्या छन। कथम कदाचित छोइ हाल्यो र केही भयो वा धुरा सापट भाचियो भने त हामी जस्ता गरिबको ढाडै भाचिन्छ नि मेयर साप ।
लौन मेयर साप त्यति बनाइ दिनु पर्यो हजुरले कसरी हुन्छ।थाहा छ अहिले सडक बिस्तारको काम भै रहेको छ त्यस्मा खर्च गर्नु अनउचित होला तर पनि धेरै खर्च नगरी अलिकती २र४ बोरा सिमेन्टको मसला बनाइ हालिदिनु भए सबैको कल्याण हुने थियो मेयर साप। खाली गिट्टी बालुवा मात्र हाल्दा छिट्टै फेरि त्यस्तै भैहाल्ने हुन्छ त्यसैले अलिकती सिमेन्ट मसला बनाइ हालिदिनु हुन गल्ति बोलेको भए माफी माग्दै बिनम्र अनुरोध गर्दछु ।

उहीँ तपाइको नगरबासि
धिरज पुडसैनि

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*