प्रहरी–प्रशासनकै मिलेमतोमा गाई गोरुको तस्करी

ए वान डेस्क
२७ पुष २०७४, बिहीबार ०८:३२

राजमार्ग हुँदै भारत र तेस्रो मुलुकका लागि हुने गाई, गोरुको तस्करी रोकिएको छैन । भारतीय सीमासँग जोडिएका बारा, पर्सा, रौतहट र सर्लाहीबाट गाई, गोरु तस्करी हुने गरेको छ । राजमार्ग हुँदै गाई, गोरु सीमा नाकाबाट भारत र त्यहाँबाट तेस्रो मुलुकसम्म तस्करी भइरहेको छ ।

मुख्यतः मासु प्रयोजनका लागि नेपाल र भारतमा गाई प्रतिबन्ध रहेकोमा गाईहरू भारत नाका हुँदै तेस्रो मुलुक पठाउने र गोरु भने भारतमैं मासु प्रयोजनमा खपत हुने गरेको जानकारहरू बताउँछन् । तस्कर गिरोहले पशु क्वारेनटाइन र प्रहरी प्रशासनकै मिलेमतोमा निर्धक्क गाई, गोरु तस्करी गरिरहेको छ । पश्चिमको सुनौल, नवलपरासीलगायतका स्थानबाट ल्याइएका गाई, गोरु सर्लाहीको नवलपुर पु¥याइन्छ भने त्यहाँबाट अर्को व्यापारी गिरोहले भारतलगायतका तेस्रो मुलुकमा पु¥याउने कार्य प्रहरी प्रशासनको मिलेमतोमा भइरहेको छ ।

गाई, गोरु मासु प्रयोजनका लागि भारत नाकाबाट ओसारपसार गर्न रोक छ । तर नेपालमा भने तस्करहरूले प्रहरी–प्रशासनको आडमा धन्दा चलाइरहेका छन् । गाई नेपालको राष्ट्रिय जनावर हो । तर पनि गाडीका गाडी राजमार्गबाट गाईको ढुवानी भैरहँदा ठाउँठाउँमा रहेका प्रहरी, सशस्त्र प्रहरी चुप छन् । सुरक्षा निकायको मिलेमतोमा तस्कर गिरोहले यो काम गरिरहेको स्रोतको दाबी छ । चेकजाँचका लागि रोकेको खण्डमा गिरोहका मानिसहरूको धम्की आउँछ साथै माथिल्लो निकायबाट छाड्ने आदेश आउने गरेको राजमार्गमा खट्ने एकजना प्रहरीले नाम नछाप्ने सर्तमा बताए ।

कागजपत्र सबै ठीक पारेका हुन्छन्, हामी तलका कर्मचारीले के गर्ने ? ती प्रहरीले विवशता जाहेर गरे । ३र४ वर्षअघिसम्म राजमार्गमा रहेका प्रहरी कार्यालयमा महिनावारी र प्रतिट्रकको दरले रकम दिएर गाई, गोरुको तस्करीले बढावा पाएको थियो । अहिले माथिल्लो निकायको समेत सहभागिता हुने गरेको गुनासो छ ।

मासु प्रयोजनको लागि नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा गाई, गोरु व्यावसायिकरूपमा लामो समयदेखि निकासी हुँदै आएको छ । बाराको निजगढ नगरपालिकाको रतनपुर, डमरपुर, भरतगंजसिगौल, छिमेकी नगरपालिकाको कोल्हवी, सपही, छिमेकी जिल्ला मकवानपुरको धियाल, छतिवनबाट खरिद बिक्री हुँदै जिल्लाको सिम्रौनगढ, कर्चवा, बंकुललगायतका नाकाबाट गाई, गोरुलाई हिंडाएर भारत लैजाने गरिएको छ । नेपालको पूर्वी नाका भएर गाई, गोरु भारतको पश्चिम बङ्गाल, सिक्किम निकासी हुने गरेको स्रोतले जनाएको छ ।

भारतमा एक प्रान्तबाट अर्को प्रान्तमा गोरु ओसारपसार गर्न नपाइने कानूनी व्यवस्था छ । त्यही भएर पेशेवर व्यापारीहरूले नेपाली भूमि प्रयोग गरी भारतको पश्चिम बङ्गाल लाने गरेको छ । पश्चिम बङ्गाल पु¥याइएका गाई, गोरु मासु प्रयोजनको लागि भुटान पनि निर्यात हुने गरेको स्रोतले बताएको छ ।

पश्चिमको सुनौल, नवलपरासी जस्ता स्थानबाट ट्रकमा लोड गरी पूर्वको सर्लाहीस्थित नवलपुर पु¥याउन तीन दर्जनभन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोस्ट पार गर्नुपर्छ । नेपालको राजमार्ग भएर भारत हुँदै गाई, गोरु पाकिस्तान र बङ्गलादेशसम्म तस्करीको माध्यमबाट पु¥याउने गरिन्छ ।

प्रतिक दैनिकबाट ..

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*