सिमरा गोल्डकप : यी हुन् अहिलेसम्मका बिजेता, कसले कति पाए ?

ए वान डेस्क
१८ माघ २०७४, बिहीबार २०:२२

ए वान डेस्क /

रुस्लान नवौ सिमरा गोल्डकप यही माघ २५ गतेदेखि शुरु हुदैछ । गोल्डकपको आयोजक नव जनजागृती युवा क्लब सिमराले तयारी तिब्र पारेको छ । नवौ गोल्डकपसम्म आईपुग्दा अहिलेसम्मका बिजेता को–को हुन् ? कसले कति पाए ? यस्तो छ अवस्था :

पहिलो सिमरा गोल्डकप २०६६ सालमा भएको थियो । पहिलो गोल्डकपमा मजदुर सहिद स्मृती क्लब काठमाण्डौ पिहिलो र गोर्खा ब्वाईज बुुटवल दोस्रो भएको थियो । पहिलो हुने मजदुर स्मृती क्लबले ५० हजार पायो भने गोर्खा ब्वाईजले २५ हजार पायो ।

दोस्रो गोल्डकप २०६७ सालमा भएको थियो । त्यसबेला एतिहिमालयन सेर्पा क्लब काठमाण्डौ पहिलो भएको थियो भने एपिएफ दोस्रो भएको थियो । पहिलो हुने एतिहिमालयन क्लबले १ लाख र दोस्रो हुने एपिएफले ५० हजार पायो ।

२०६८ सालमा भएको तेस्रो गोल्डकपमा लक्ष्मि हुन्डाइ मनाङ मस्र्यादि क्लब पहिलो र साहार क्लब पोखरा दोस्रो भएको थियो । पहिलो हुने लक्ष्मि हुन्डाइले ३ लाख र दोस्रो हुने साहारा क्लबले डेढ लाख पायो ।

चौथो गोल्डकप २०६९ सालमा भएको थियो । त्यसबेला पनि लक्ष्मि हुन्डाइ मनाङ मस्र्यादि क्लब पहिलो भएको थियो भने एतिहिमालयन सेर्पा दोस्रो भएको थियो । पहिलो हुने लक्ष्मि हुन्डाइ क्लबले ४ लाख र दोस्रो हुने एतिहिमालयन सेर्पाले २ लाख पायो ।

२०७० सालमा भएको पाचौ गोल्डकपमा आयोजक नवजनजागृती युवा क्लब सिमरा पहिलो र विरगञ्ज युनाईटेड क्लब दोस्रो भयो । पहिलो हुने आयोजकले ४ लाख र दोस्रो हुने विरगञ्जले २ लाख पायो ।

२०७१ सालमा छैठो गोल्डकप भएको थियो । त्यसबेला त्रिभुवन आर्मि क्लब काठमाण्डौ पहिलो र नेपाल प्रहरी दोस्रो भएको थियो । पहिलो हुने त्रिभुवन आर्मिले ४ लाख र दोस्रो हुने नेपाल प्रहरीले २ लाख पायो ।

२०७२ सालमा भएको सातौ गोल्डकपमा विजय युथ क्लब हेटौडा पहिलो र रुपन्देही ११ दोस्रो भयो । पहिलो हुने हेटौडाले ५ लाख ५१ हजार र दोस्रो हुने रुपन्देहीले २ लाख ५० हजार पायो ।

गतबर्ष २०७३ सालमा आठौ गोल्डकप भयो । त्यसबेला सिएमजी क्लब संकटा पहिलो भयो भने त्रिभुवन आर्मी क्लब दोस्रो भयो । पहिलो हुने सिएमजीले ५ लाख ५१ हजार पायो र दोस्रो हुने त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*