जीतपुरसिमरा उपमहानगरमा सरसफाई अभियानले तिब्रता पाउदै

ए वान डेस्क
२० माघ २०७४, शनिबार ०७:०१

जीतपुरसिमरा उपमहानगरपालिकाको ‘खुल्ला दिसामुक्त र स्वच्छ नगर’ अभियान अन्तर्गत शुक्रवार वडा नम्बर ४ औराहमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । चैत्र मसान्तसम्म खुल्ला दिसामुक्त उपमहानगर बनाउने लक्ष्यसहित अघि बढेको जीतपुरसिमरा उपमहानगरले पछिल्लो समय वडास्तरमा सरसफाई कार्यक्रमको आयोजना गरिरहेको छ ।

औराहमा आयोजित सरसफाई कार्यक्रममा बिधायक, मेयर, उपमेयर, वडाअध्यक्षसहित स्थानियले झाडु बोकेर सफाईमा जुटेका थिए ।
कार्यक्रम अघि मन्तब्य राख्दै बारा क्षेत्र नम्बर ४ (क) का प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्माले जीतपुरसिमरा उपमहानगरलाई स्वच्छ बनाउने अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताएका छन् । उपमहानगरले थालेको अभियानको प्रशंसा गर्दै बिश्वकर्माले स्वच्छ नगरको अभियानमा जुट्न स्थानियलाई आग्रह गरे ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले एक महिनाअघि देखी थालिएको अभियानलाई सबै वडामा पु¥याउने र स्वच्छ नगरको अभियानमा नगरबासीलाई सहभागी गराएर अघि बढ्ने बताए । टोल, वडा र गाउको सफाई गर्ने अभियानलाई अहिले तिब्र रुपमा अघि बढाएको भन्दै नगर प्रमुख डा. पौडेलले जनचेतनाका निम्ति पनि यस्तो कार्यक्रम सहयोग गर्ने बताए ।

वडा नम्बर ४ का वडाअध्यक्ष भोजबहादुर खत्रीले नागरिकको स्वास्थ्यसंगै उपमहानगरको गरिमासंग जोडिएको सफा नगरको अभियानलाई सफल बनाउन आफू लागिपर्ने बताए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेती, वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानियको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*