पिपरा गोल्डकपको फाईनल आज, उपाधी कसले जित्ला ?

ए वान डेस्क /
दोश्रो पिपरा गोल्डकपको उपाधीका लागी आज मकवानपुर ११ र बारा ११ बिच प्रतिस्पर्धा हुदैछ । सृजनशील युवा क्लब पिपरा बाराको आयोजना भईरहेको प्रतियोगितामा आज फाईनल खेल हुन लागेको हो ।
आजको फाईनल खेल दिउसो ३ बजेपछि शुरु हुने आयोजकले जनाएको छ । दुवै टिमबिच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
उपाधी कसले जित्ला त्यो भने प्रतियोगिता हेरेपछि मात्र थाहा हुन्छ ।