प्रहरीले अन्र्तक्रिया गरेकै दिन सिमराबाट चोरी भयो मोटरसाईकल

ए वान डेस्क /
जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरी नियन्त्रण सम्बन्धमा अन्र्तक्रिया गरेकै दिन आज दिउसो सिमराबाट मोटरसाईकल चोरी भएको छ । सिमराको नरवस्तीबाट आज दिउसो १५० सिसिको पल्सर चोरी भएको हो । नरवस्तीमा आफ्न्तको घरमा गएको बेला सिमरा निवासी तिर्थबहादुर अधिकारीको नाममा रहेको रातो कालो पल्सर चोरी भएको हो ।
केहीदिन अघिपनि सिमराबाटै स्थानीय पत्रकार गुरुप्रसाद गौतमको मोटरसाईकल चोरी भएको थियो । बारा प्रहरीले आजै प्रहरी उपरीक्षक राजकुमार बैदवारको प्रमुख आतिथ्यतामा कलेयामा अन्र्तक्रिया गरेको थियो ।
अन्र्तक्रियामा के भयो ?
अन्र्तक्रियामा बिभिन्न व्यक्तित्वहरु सहभागी थिए । मोटरसाईकल चोरी नियन्त्रण सम्बन्धमा वर्कसपको भुमिका बारे उपस्थित सहभागीलाई प्रहरी उपरीक्षक राजकुमार बैदवारले प्रशिक्षण दिएका थिए ।
सहभागी सबैलाई प्रहरी उपरीक्षक बैदवारले बिभिन्न माद्यमबाट सहयोग गर्न र आफुपनि सजग रहन आग्रह गरेका थिए । उनले शंकास्पद लागेमा तत्काल प्रहरीमा जानकारी गराउन र मोटरसाईकल चोरी नियन्त्रणमा आ–आफ्नो स्थानबाट ईमान्दारीपुर्वक भरपर्र्दो सहयोग गर्ने समेत सबैमा आग्रह गरेका थिए ।