सितिरियो कराते शाखा जितपुरद्धारा प्रमाण पत्र बितरण

ए वान डेस्क
२१ माघ २०७४, आईतवार ००:४९

 

ए वान डेस्क /

नेपाल सितिरियो कराते शाखा जितपुरले आज खेलाडीहरुलाई ग्रेडिङ प्रमाण पत्र बितरण गरेको छ । स्थानीय समाजसेवी तथा महिला नेतृ बिद्या थापाको प्रमुख आतिथ्यता तथा प्रशिक्षक श्रीराम साहको  सभापतित्वमा भएको कार्यक्रमकाबिच २४ जनालाई प्रमाण पत्र बितरण गरिएको हो । ब्राउन पाप्त गर्नेमा चन्द्रकिशोर साह, राजाबाबु साह, कन्हैयालाल साह लगायत रहेका छन् ।

त्यसैगरी ग्रीन बेल्ट पाउनेमा करण राउत अफजल असांरी, समिर अंसारी छन् । यसैगरी ओरेन्ज बेल्ट पाउनेमा अमृता चौधरी, सोनम साह, स्वेता साह, अनिशा चौधरी, बिक्कि शार्मा, पुष्पक शाह शिवम् शाह, कृष्ण केशव झा, पेश चौधरी, प्रिन्स गुप्ता, अनिस गुप्ता, अंकुश झा, सचिन झा र चन्दन साह रहेको छन् ।

कार्यक्रममा संजय चौधरी, जय प्रकास साह ,अनिरुद्र शाह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल सितोरियो कराते संघ शाखा जितपुरका अध्यक्ष मनोज कुमार साहले गनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*