नयाँ संचालक समितिका पदाधिकारीले लिए सपथ

ए वान डेस्क
२२ माघ २०७४, सोमबार १४:००

बाराको जितपुरसिमरा उपमहानगरपालीकामा जेठो सहकारीका रुपमा स्थापित जनकल्याण साकोसको नयाँ कार्यसमितीको सपथ कार्यक्रम आइतबार सम्पन्न भएको छ । गएको पौष २९ गते सहकारीको १५ औँ साधारण सभाबाट ४ बर्षे नयाँकालका लागी चयन भएका नयाँ संचालक समितीको आज सिमराको जनहित उपभोक्ता समितीको सभाहलमा सपथ कार्यक्रमको आयोजना गरिएको हो ।

निर्वाचन मण्डलीका संयोजक राम प्रसाद पोखरेल र अन्य दुई सदस्य डिभिजन सहकारी कार्यालय बारा प्रमुख कुलोत्तम पोखरेल र अमृतलाल श्रेष्ठको तिन सदस्यिय टोलीले ४ बर्षे नयाँ कार्यकालका लागी नयाँ संचालक समिती र लेखा समितीलाई सपथ ग्रहण गराउँदै सफल कार्यकालको सुभकामना ब्यक्त गरेका छन् । सपथ कार्यक्रममा बारा बचत संघका बरिष्ठ उपाध्यक्ष तथा जनकल्याण साकोसका पुर्व लेखा समिती संयोजक मुकुन्द बहादुर क्षेत्रीले सहकारीमा आफ्नो योगदानलाई सम्झिदै नयाँ पुस्ताको जिम्मेवारीमा सहकारी सुम्पेको बताए ।

यसैगरी कार्यक्रमको सहजीकरण गरेका जनहित उपभोक्ता समितीका अध्यक्ष अमुतलाल श्रेष्ठले मध्यवर्ती क्षेत्रभित्रका बन समितीको भरपर्दो सहकारीका रुपमा जनकल्याण रहेकाले मध्यवर्ती बन र सहकारीबिच आपसी सहकार्यको आवस्यकता रहेको बताए ।

यसैगरी नयाँ संचालक समिती अध्यक्षमा निर्वाचित भएका मधुसुदन सिटौलाले सपथ पछि मन्तब्य राख्दै सहकारीलाई अब आफ्नै नवनिर्मित भवनबाट सेवा दिने तयारी सहित शेयर सदस्यको हितमा रहेर अझ सशक्त रुपमा अगाडी बढने प्रतिबद्धता जनाए । उनले अबको आफ्नो कार्यकालमा सहकारीलाई राष्ट्रिय स्तरमा पहिचारका लागी प्रोवेशन ब्राण्ड प्राप्ती , सेयर सदस्य र सेवा केन्द्र बिस्तार, सरल सेवा लगाएतका काममा अग्रसर हुने बताए ।

सपथ ग्रहण कार्यक्रममा अध्यक्षको पुनः एक कार्यकालको जिम्मा पाएका सिटौला, वरिष्ट उपाध्यक्षमा कमला घिमिरे, उपाध्यक्षमा अर्जुन गौतम, सचिवमा राम प्रसाद अधिकारी लगाएत १३ सदस्यीय संचालक समितीले सपथ लिएका छन्भने नयाँ लेखा समिती संयोजकमा सहित ३ सदस्यले सपथ लिएका छन् ।

२०५९ सालमा स्थापना गरिएको नगरको जेठो सहकारी यस जनकल्याण जनकल्याण साकोसले हाल ८ करोड करिबको कारोबार गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*