पथलैयाका जेष्ठ नागरिकलाई चौतारीको सम्मान

ए वान डेस्क
२२ माघ २०७४, सोमबार १४:२०

२०औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बारा शाखाले सोमबार बृद्धाश्रमका बृद्धबृद्धालाई फलफुल तथा खाद्यान्न वितरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैयामा रहेको जेष्ठ नागरिक बृद्धाश्रमका १० जना बृद्धबद्धालाई फलफूल तथा खाद्यान्न वितरण गरेको हो ।

स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकको सम्मान गर्ने उदेश्यले बृद्धाश्रमका बृद्धबृद्धालाई भेटघाट गरी फलफूल वितरण गरेको प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले जानकारी दिए ।

बृद्धाश्रममा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले सञ्चारकर्मीको संस्थाले स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्झनु सुखद पक्ष रहेको बताए । यस्ता किसिमका कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भन्दै उनले संचारकर्मी को हकहित संगै यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशल लम्सालले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जेष्ठ नागरिकलाई सम्मान गरेकोमा चौतारी बारालाई धन्यवाद ब्यक्त गरे । उनले चौतारी बाराले पछिल्लो एक बर्षयता क्षमता अभिबृद्धिसंगै समाजप्रति आफ्नो भूमिका निभाईरहेको भन्दै केन्द्रले यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले सञ्चारकर्मी भएर आफ्नो स्थापना दिवसमा बृद्धबृद्धालाई सम्झनुलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै यस्ता कार्यक्रमलाई सबैले अनुशरण गरेर अघि बढ्नुपर्ने बताए । चौतारी बाराका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी बाराका कृष्ण सिग्देल, श्याम गुप्ता, निलिशा बर्मा, सपना ढकाललगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन चौतारी बाराका सदस्य अनिल तिवारीले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*