‘फागुन मसान्तसम्म करैयामाई गाउपालिका खुल्ला दिशामुक्त हुन्छ’

ए वान डेस्क
२२ माघ २०७४, सोमबार १५:१२

ए वान डेस्क /

बाराको करैयामाई गाउपालिकालाई फागुन मसान्तसम्ममा खुल्ला दिशामुक्त गाउपालिका बनाउने तयारी गरिएको छ । तयारी अनुरुप सबै वडामा तिब्र रुपमा सचेतना अभियान चलाईएको गाउपालिकाका अध्यक्ष भुवनेश्वर धामीले जानकारी दिनुभयो ।

ए वान समाचारसंग कुरागर्दे धामीले भन्नुभयो ‘हामीले बजेट छुट्टाएर खुल्ला दिशामुक्त अभियान चलाईरहेका छौ, यो फागुन महिनासम्ममा हामी करैयामाईलाई खुल्ला दिशामुक्त गाउपालिका बनाउनेछौ’ । करैयामाई गाउपालिकाभित्र ८ वटा रहेको छ । अहिले सबै वडामा बिभिन्न माद्यमबाट सौचालय बनाउने काम धमाधम भईरहेको अध्यक्ष धामीले जानकारी दिनुभयो ।

आजै वडा नम्बर १ मा ११ सदस्यि वडा सिसि गठन गरिएको छ । वडा कार्यालयमा आयोजित भेलाले ११ सदस्यि वडा सिसि गठन गरेको हो । भेलाले खुल्ला कसैलेपनि खुल्ला स्थानमा सौच नगर्ने प्रतिवद्धता जनाएको वडा अध्यक्ष सोनालला शाहले जानकारी दिनुभयो ।

खुल्ला स्थानमा सौच गर्नेलाई वडाले हजार रुपैया जरिवानासमेत तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*