प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा एक्स्रे र एसिजि सेवा सञ्चालनमा

ए वान डेस्क
२२ माघ २०७४, सोमबार १६:२२

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आजदेखि एक्स्रे र ईसिजि सेवा सञ्चालनमा आएको छ । एक्स्रे र ईसिजि सेवाको आज एक कार्यक्रमकाबिच जीतपुरसिमराका मेयर डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर पौडेलले जीतपुरसिमरामा यस्ता जडान हुने यस्ता प्रविधिले दिर्घकालिन फाईदा पुर्याउने बताउनुभयो । उहाले उपमहानगरवासीको हकमा जीतपुरसिमराले कुनै कसर बाकी नराख्ने प्रभावकारी स्वास्थ्य प्रदान गर्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा उप–मेयर सरस्वती चौधरी, कार्यकारी अधिकृत लगायत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमपछि ए वान समाचारसंग कुरागर्दे प्राथमिक स्वास्थ्य केन्द्र सिमराका प्र्रमुख डा. अनुज थाले गुणस्तरीय स्वास्थ्य सेवा दिन आफुहरु तयार रहेको बताउनुभयो ।

‘हामीले अहिलेसम्म राम्रै सेवा दिदै आएका छौ, आगामी दिनपनि सबैको साथ र सहयोगले झनै राम्रो सेवा दिनेछौ’ थाले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*