विरगञ्ज अनसनको ३३औ दिन : सघर्ष समितिले अब के गर्ला ? 

ए वान डेस्क
२२ माघ २०७४, सोमबार १९:५०

ए वान डेस्क /

विरगञ्ज सघर्ष समितिको बैठक आज सम्पन्न भएको छ । आज बिहान झन्डै ३ घण्टा बसेको बैठकले थप सघर्षका कार्यक्रम शार्वजनी गर्ने निर्णय गरेको छ । समितका सदस्यसमेत रहनुभएका तरुण दल बाराका अध्यक्ष लुकेश सिंहका अनुसार अर्को बैठकले आन्दोलनका कार्यक्रम तय गर्नेछ ।

‘रिले अनसन जारी राख्ने र अब दोश्रो चरणको आन्दोलन छिट्टै शार्वजनीक गर्ने निर्णय भएको छ’ बैठकमा सहभागी सिंहले ए वान समाचारसंग भन्नुभयो । आजको बैठकमा सहभागी अधिकासंले आन्दोलन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रदेश नम्बर २ को राजधानी विरगञ्ज बनाउन माग गर्दे ३३औ दिनदेखि रिले अनसन जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*