वडा अध्यक्ष बिनोद यादवलाई ‘ए वान’ को ७ प्रश्न

ए वान डेस्क /
वडा नम्बर ११
अध्यक्ष, बिनोद यादव
वडा नम्बर ११ को गतिविधि कस्तो छ ?
हाम्रो वडाको गतिविधि राम्रो छ । हामीेले अहिलेसम्म निरन्तर वडावासीलाई सहज रुपमा सेवा दिईरहेका छौ । हाम्रो गतिविधिलाई वडावासीले पनि मनपराउनुभएको छ । त्यसकारण म धेरै खुशि छु । हामीले जनतालाई सेवा दिईरहेका छौ ।
तपाई १०० दिनको समिक्षा कसरी गर्नुहुन्छ ? के–के काम भयो ?
अब हेर्नुस् १०० दिनको समिक्षा गर्नुपर्दा, लगभग वडावासीको समस्या र समाधानका उपाय बुझ्दैमा दिन गयो । १०० दिनमा केही गर्नै सकिदैन् । तर अहिले धेरै काम भईरहेको छ । सपथ लिएको केही समयपछि नै नगर परिषद भयो । नगर परिषदमार्फत अहिले बिभिन्न कामका शिर्षक तयार भएका छन् । र सोही अनरुप अहिले कामपनि भईरहेको छ ।
निर्वाचनको बेलामा घोषणा पत्र लेखिएका मध्य कुन कुन योजना पार्न सफल हुनुभएको छ ?
हामीले मुख्य प्राथमिक्ता दिएको मध्य एक हो, बाटो स्ल्याप ढलान । यस्तै नाला व्यवस्थापन, चौतारा बनाउने लगायत अन्य धेरै काम अहिले धमाधम भईरहेका छन् । वडा नम्बर ११ मा परेका सबै योजनाको उपभोक्ता समिति गठन भईसकेको छ ।
जीतपुरसिमरालाई चैत्र मसान्तसम्ममा खुल्ला दिशामुक्त उपमहानगर घोषणा गर्ने भनिएको छ, वडा नम्बर ११ लाई चाहि चैत्र मसान्तसम्ममा खुल्ला दिशामुक्त वडा बनाउन सकिएला त ? कत्तिको चुनौती छ ?
चुनौती त धेरै छ । धेरै ग्राहे छ वडा नम्बर ११ मा । तरपनि हामीले जनचेतना जगाउने काम गरिरहेका छौ । टोल कमिटिमार्फत खुल्ला दिशामुक्त अभियान चलाईरहेका छौ । अनि हामीले के पनि भनेका छौ भने जसको घरमा सौचालय छैन त्यसको हामी कुनैपनि कार्यको सिफारिस रोक्नेछौ । अब हामीले प्रयास त गरेको हो, हेरौ के हुन्छ ।
वडा नम्बर ११ मा दुधौरा खोलापनि ठुलै समस्याको रुपमा रहेको छ, यो समस्याको समाधानका निम्ति तपाईले कस्तो पहल गर्नुभएको छ ?
मैले शुरु देखिनै मेयर साबलाई दुधौरा खोलाको बिषयमा पटक पटक भन्दै आएको छु । उहाले पनि मलाई आफुले पहल गरिरकेको बताउनुहुन्छ । भन्ने बित्तिकै काम त हुदैन् तर २–३ बर्षभित्रमा पुल बनाउने गरी हामीले तयारी गरिरकेका छौ ।
यो वडालाई कस्तो बनाउने सोच बनाउनुभएको छ ?
म यो वडालाई विकास निमार्णको हिसावले नमुना वडा बनाउन चाहन्छु । यसलाई सुन्दर अनि सफा वडा बनाउछु । तर यसको लागी सबैको सहयोग चाहिन्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
वडा नम्बर ११ मा भएको काम देखेर वडावासी खुशि छन् । सबैको साथ र सहयोगले मात्र विकासका कार्य सम्पन्न हुने हो । त्यसकारण सबैलाई विकास निमार्णको कार्यमा आ–आफ्नो स्तरबाट होमिन आग्रह गर्न चाहन्छु । अनि कुनैपनि समस्या र गुनासा भएपनि सिधै मलाई नै भन्न आग्रह गर्दछु ।