वडा नम्बर ४ लाई ‘सम्पन्न, समृद्ध र सफा’ बनाउछु : अध्यक्ष केसी

ए वान डेस्क /
वडा नम्बर ४
अध्यक्ष, ईश्वर केसी
वडा नम्बर ४ को गतिविधि कस्तो छ ?
नगरसभाको बजेट बिनियोजपछि अहिले धमाधम काम भईरहेको छ । वडाको लागी ६० लाखको योजना परेको छ । योजना अनुरुप काम भईरहेको छ । हामीले उपभोक्ता समितिपनि गन गरिसकेका छौ । वडा नम्बर ४ का बिभिन्न ठाउमा बाटो फराकिलो पार्ने काम भईरहेको छ ।
वडा नम्बर ४ का सेवाग्राहीलाई कत्तिको चुस्तदुरुस्त रुपमा सेवा दिईरहनुभएको छ ?
हामी निर्वाचित भएर आएपछि मलाई लाग्छ कसैको पनि काम रोकिएको छैन् । वडामा बस्दा होस् या नबस्दा मैले काम गरेकै छु । घरमै गएर भएपनि काम गरेको अवस्था छ । त्यसकारण वडावासीको काम रोकिदापनि रोकिदैन् र म आफैपनि रोक्दिन् ।
वडा नम्बर ४ मा खुल्ला दिशामुक्त अभियान कसरी अघि बढ्दैछ ?
वडा नम्बर चारमा पाच वटा टोल छन् । सबै वडामा लगभग शौचालय निमार्ण भईसकेको छ । हामीले बिभिन्न समयमा अनुगमन पनि गरिरकेका छौ अनि बाहिर दिशा गर्नेलाई कारवार्ही पनि गरिरहेका छौ । मलाई बिश्वास छ अबको केही दिनमा वडा नम्बर ४ खुल्ला दिशामुक्त वडा हुनेछ ।
वडा नम्बर ४ लाई कस्तो वडा बनाउने सोचमा हुनुहुन्छ ?
म वडा नम्बर ४ लाई नमुना वडा बनाउछु । सम्पन्न, समृद्ध र सफा वडा बनाउने सोचमा छु । अहिले वडामा विकास निमार्णको काम धमाधम भईरहेको र मैले चुनावको बेलामा भन्दै आएको सरसफाईको कुरापनि तिब्र रुपमा भईरहेको छ । वडा नम्बर ४ मा बरोजगारी समस्या समधान गर्नेपनि मेरो सोच छ । त्यसको लागी सबैको साथ आवश्यक छ ।
तपाईले भनेजस्तो समृद्ध वडा बनाउन वडावासीको भुमिका कस्तो हुन्छ ? अनि अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अहिलेसम्म सबैले सहयोग गर्नुभएको छ । सबैलाई धन्यवादपनि दिन चाहन्छु । विकास निमार्णको काममा सबैले सहयोग गर्नुभएको छ र आगामी दिनमापनि गर्नुहुन्छ भन्ने मलाई बिश्वास छ । पहिला लागत सहभागीताको बिषयमा समस्या थियो । अहिले भने वडा नम्बर ४ मा पनि उत्साहित भएर १० प्रतिशतको दरले लागत सहभागीतामा सक्रिय हुनुभएको छ । हामीपनि विकास निमार्णको काममा निरन्तर लागी रहन्छौ र अन्त्यमा विकास निमार्णको काममा सहयोग दिनुहुनपनि सबैलाई आग्रह गर्छु ।