रोलरले ठक्कर दिँदा एक जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुरको आँपटारीमा सडक कालोपत्रे गर्ने क्रममा रोलरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डको पीच पेल्ने क्रममा को १ क ४७८ नम्बरको रोलरले ठक्कर दिँदा तनहुँ डुम्रेका २१ वर्षीय कृष्ण गुरुङकोे ज्यान गएको प्रहरीले जनाएको छ ।
रोलर र चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ । मानसिक सन्तुलन गुमाएका गुरुङ तेस्रो लिंगी व्यक्ति भएको र उहाँलाई उपचारका लागि भरतपुर अस्पताल लाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रभु ढकालले बताउनुभयो ।