जीतपुरसिमरा : नगर उद्योग वाणिज्य संघको अधिवेशन फागुन अन्तिम साता

ए वान डेस्क /
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको प्रथम नगर अधिवेशन फागुन अन्तिम साता हुने भएको छ । माघ १७ गते बसेको नगर उद्योग वाणिज्य संघको कार्यसमिति बैकले फागुन २५ गते प्रथम नगर अधिवेशन गर्ने निर्णय गरेको हो ।
‘प्रथम नगर अधिवेशन फागुन २५ गते गर्ने निर्णय भएको छ, हामी आन्तरीक तयारीमा लागेका छौ’ बरिष्ठ उपाध्यक्ष शिव पौडेलले ए वान समाचारसंग भन्नुभयो । प्रथम नगर अधिवेशनले नया नतृत्व चयन गर्नेसमेत पौडेलले जानकारी दिनुभयो ।
नगर अधिवेशनको मिति तय भएसंगै संघका पदाधिकारीहरु आन्तरीक तयारीमा व्यस्त हुन थालेका छन् । सिमरा र जीतपुर उद्योग वाणिज्यसंग एक भएसंगै अहिले धनश्याम गिरिले नेतृत्व सम्हाल्दै आउनुभएको छ ।