सिमरा गोल्डकप : आज एपिएफ र आयोजक ‘निलो’ भिड्ने

ए वान डेस्क
२६ माघ २०७४, शुक्रबार ०८:४५

ए वान डेस्क /

बाराको सिमरा रंगशालामा हिजोदेखि शुरु भएको रुस्लान नवौ सिमरा गोल्डकपमा आज एपिएफ क्लब र नवजनजागृती यूवा क्लब ‘निलो’ बीच प्रतिस्पर्धा हुदैछ । खेल दिउसो ३ बजेपछि शुरु हुने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।

एपिएफ २०६७ सालमा भएको दोस्रो सिमरा गोल्डकपको उप–बिजतो हो । गोल्डकपको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसअघि हिजो भएको उद्घाटन खेलमा विजय युथ क्लब हेटौडालाई ४–१ गोल अन्तरले पराजित गर्दे आयोजक क्लबको सेता टिम विजयी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*