बस दुर्घटना : १९ जनाको मृत्यु, ४० घाइते

ए वान डेस्क
२७ माघ २०७४, शनिबार २०:१३

हङकङमा एउटा डबल डेकर(दुई तले) बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा परि ४० जना घाइते भएको अधिकारीले जनाएका छन् ।

बसले घोडा दौडमा सहभागी दर्शक तथा कामदारहरु बोकेको जनाइएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार बस तीव्र गतिमा गुडेको थियो । उद्धारकर्ता निकै बरेपछि मात्रै बसभित्र फसेका मानिसको उद्धार गर्न सफल भएका थिए ।

केही वर्षयता हङकङमा दुर्घटना बढ्दै आएको छ । जुलाई २००३ मा दुई तले बस दुर्घटनाग्रस्त हुँदा २१ जनाको ज्यान गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*