‘भाङ्ग्रे खोला’ बजेट बिहिन : के भन्छन् अध्यक्ष ? (कुराकानीसहित)

ए वान डेस्क /
वडा नम्बर २
अध्यक्ष, तिलक श्रेष्ठ
वडा नम्बर २ को गतिविधि के छ ?
वडाबाट सेवाग्राहीलाई दिने सेवा हामीले दिईरहेका छौ । त्यसबाहेक गतिविधि भनेको अहिले नगरसभाबाट बिनियोजन भएको बजेटको काम गर्ने तयारीमा छौ । ति योजनाहरुकोे सिम्झौता गर्न बाकी छ । अनि हाम्रै वडामा सहरी विकास योजनामा परेको स्ल्याप ढलान पनि अहिले भईरहेको छ ।
नगरसभाबाट वडा नम्बर २ मा कुनु–कुन योजना परेको छ ?
हाम्रो वडामा ६० लाखको बजेट परेको छ । त्यो बजेट अन्र्तगत बिभिन्न योजनाहरु परेका छन् । जस्तै हाम्रो वडामा पक्कि नाला, छिरिङ्ग डाडामा नाला, बाटो ढलान, पक्कि नाला निमार्ण, पक्कि नाला ढलान, बाटो ढलान, स्ल्याप ढलान गरी १० ठाउमा बजेट परेको छ ।
निर्वाचनको समयमा तपाईले भाङ्ग्रे खोलालाई राजनिति मुद्धा बनाउनुभयो, तर अहिले आएर भाङ्ग्रे खोलाको लागी रकम विनियोजनको लागी पहल गर्नुभएन्नि ? किन ?
यस्तो छ भाङ्ग्रे खोलालाई वडा र नगरको बजेटले पनि पुग्दैन् । यहाको बजेटले धान्न नसक्ने भएपछि हामीले केन्द्रमा पठाईसकेका छौ । नाप नक्सा गरेर केन्द्रमा पठाएका छौ । यो समस्या वडा नम्बर १, २ र ३ को हो । त्यसकारण मैले सबैसंग कुरा गरेर नियन्त्रण गर्ने प्रयास पनि गरिरहेको छु । मलाई विश्वास छ यो समस्याको समाधान चाडै हुन्छ ।
वडा नम्बर २ बाट सेवाग्राहीले सहज रुपमा सेवा पाएका छन् त ?
वडावासीको काम हामीले रोकेका छैनौ र रोक्दापनि रोक्दैनौ । काम धमाधम भईरहेको छ । कुनै कुनै समयमा हामी फिल्डमा पनि जानुपर्ने हुन्छ, त्यो समयमा चाही काम रोकिने हो नभए मैले साझ विहान नभनी काम गरिरहेको छु ।
अबको चार बर्षमा यो वडालाई कस्तो बनाउने सोच छ ?
हामीले पहिले नै भनिसकेका छौ कि यो वडालाई हामी नमुना वडा बनाउछौ भनेर । त्यसै अनुसार हामी अहिले पुर्वाधार खडा गर्ने तयारीमा छौ । हामी विकास निमार्णको काममा बिस्तारै पाईला टेक्दैछौ अनि सिक्दैछौपनि । त्यसकारण यो वडालाई नमुना बनाउन सबैले आ–आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने हुन्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा म सबैलाई साथ र सहयोगका लागी धन्यवाद दिन चाहन्छु । अनि आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु । काम गर्ने तपाई हामीले नै हो त्यसकारण वातावरण पनि हामीले नै बनाउनुपर्छ । अनि बिभिन्न उपभोक्ता समितका व्यक्तिलाई राम्रो काम गर्नुहोस् गुणस्तरयुक्त काम गर्नुहोस पनि भन्न चाहन्छु ।