सिमरा गोल्डकप : आज आर्मी र सशस्त्र भिड्ने
ए वान डेस्क /
बाराको सिमरामा जारी रुस्लान नवौ सिमरा गोल्डकपमा आज दोश्रो क्वाटार फाईनल खेल हुदैछ । आयोजकले दिएको जानकारी अनुसार आज नेपाल आर्मीको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब विच खेल हुनेछ ।
खेल दिउसो ३ बजेपछि शुरु हुनेछ । यसअघि हिजाको खेलमा आयोजक नवजनजागृती यूवा क्लबको निलो टिमलाई टाइव्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दे मोरङ्ग फुटबल क्लब विराटनगर सेमीफाईनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा १० टिमको सहभागीता रहेको छ । त्रिभुवन आर्मी २०७१ सालको बिजेता र गत बर्षको उप–बिजेता हो ।















