संयुक्त अरबविरुद्ध चम्किए सन्‍दीप, झारे तीन विकेट

ए वान डेस्क
२८ माघ २०७४, आईतवार १८:४१

नेपाली युवा स्पिनर सन्दीप लामिछानले संयुक्त अरब इमिरेट्सविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । नामिबियाको विन्डहक मैदानमा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुको तेस्रो खेलमा सन्दीपले नेपालका लागि तीन विकेट लिँदै प्रभावशाली प्रदर्शन गर्न सफल भएका हुन् ।

सन्दीपले नेपालका लागि ५ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन् । सन्दीपले नेपालका लागि ५ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन् । उनले खेलको १८औं ओभरमा लगातार २ विकेट लिए ।

१८ ओभरको दोस्रो बलमा सन्दीपले रमिज साहजादलाई ४ रन र तेस्रो बलमा मोहमद उस्मानलाई शून्य रनमा पेभेलियन फर्काए। चौथो बलमा युएइका ब्याट्सम्यानले रन नलिँदा सन्दीपले ह्याट्रिक गर्न पाएनन् । त्यसैगरी उनले २१.४ ओभरमा शाहीमान अनवरलाई पेभेलियनको बाटो देखाए ।

त्यसैगरी अर्का युवा क्रिकेटर सोमपाल कामीले ५ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका छन् । कप्तान पारस खड्का ६.२ ओभर बलिङ गर्दै १८ रन खर्चिएर २ विकेट लिएका छन् । नेपालका लागि करण केसीले अर्को एक विकेट लिए ।

ताजा अवस्थामा संयुक्त अरब इमिरेट्सले २६ ओभर खेल्दै ८ विकेट गुमाएर १०० रन मात्रै बनाउन सफल भएको छ । नेपालले डिभिजन २ को पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा भने ओमानसँ ६ विकेटले पराजित भएको थियो ।
अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*