सिमरा गोल्डकप : क–कसले पाए बाई, को कहा पुगे ?
ए वान डेस्क /
बाराको सिमरामा जारी रुस्लान नवौ सिमरा गोल्डकपमा आज तेश्रो क्वाटर फाईनल खेल हुुदैछ । आयोजकले दिएको जानकारी अनुसार आज रुस्लान थ्रिस्टार क्लब र सुदुर पश्चिम ११ स्पोर्टस क्लब धनगढी विच खेल हुने छ ।
खेल दिउसो ३ बजेदेखि शुरु हुने क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो । आज विजयी हुने टिमले मोरङ्ग फुटबल क्लब, विराटनगरसंग फागुन ३ गते सेमिफाईनल खेल खेल्नेछ ।
आयोजक क्लबलाई पराजित गर्दे मोरङ्ग यसअघि नै बाई पाएर सेमिफाईनलमा प्रवेश गरिसकेको छ । आज खेल्न लागेका दुई टिमले अहिलेसम्म पनि सिमरा गोल्डकपको कुनै उपाधी उचाल्न सकेका छैनन् ।
यसअघि हिजो भएको खेलमा छैठौं संस्करणको उपाधि विजेता तथा साविक उपविजेता आर्र्मी विजयी भएको थियो । एपिएफलाई ४–० गोल अन्तरले पराजित गर्दे आर्मी सेमिफाईनलमा प्रवेश गरेको हो ।
अब साविक विजेता संकटा र वीरगञ्ज युनाईटेड क्लब विच मंगलबार हुने अन्तिम क्वाटर फाईनलको विजेता संग आर्मी फाईनल प्रवेशका लागि खेल्नेछ ।















