बजनीलाई ‘सुरक्षित’ बनाउछु : वडा अध्यक्ष घिमिरे (कुराकानीसहित)

वडा नम्बर ३
अध्यक्ष, जगरनाथ घिमिरे
वडा नम्बर ३ को गतिविधि कस्तो छ ?
यो वडामा सुस्म गतिले काम अघि बढ्दैछ । बजनी चोकदेखि रामबन जोड्ने काम, महिलाहरु एक जुट भएर बाटो बिस्तारको काम, बिभिन्न विकास निमार्णको काम धमाधम गर्ने तयारी गरिरहेका छौ । योजनाहरुको काम गर्न उपभोक्ता समितिपनि गठन भईसकेको छ ।
सेवाग्राहीले कत्तिको सहज रुपमा सेवा पाईरहेका छन् ?
जनताले यो वडाबाट सहजै रुपमा सेवा पाईरहेका छन् । किनभने बर्षौदेखि नागरीकता, जन्मदर्ता लगायतका काम गराउन नपाएकाहरु पनि खुशि भएर काम गर्न आएका छन् । हामीले पनि जनप्रतिनिधिको हैसिएतले गर्नुपर्ने काम गरेका छौ । यो कार्य देखेर म आफैलाई आनन्द महशुस भईरहेको छ ।
कामको बिषयलाई लिएर १०० दिनको तपाई कसरी समिक्षा गर्नुहुन्छ ?
भन्ने बित्तिकै १०० दिनमा देखिने गरी काम हुदैन् । बिशेष गरी यो १०० दिनको बिचमा बजनीमा भएको हत्या काण्डले पनि बजनी सोकमा डुब्यो । हामीले सेवा लिने–दिने काम गर्यो । १०० दिनको समिक्षा गर्नुपर्दा जनताको भावना बुझ्ने काम, विकासका खाका कोर्ने काम भयो ।
तपाईले चुनावको समयमा लिएको एजेण्डा मध्य वडामा कुन योजना परेको छ ?
मैले चुनावमो समयमा सुकुम्वासी समस्याको बिषयमा बोलेको थिए । अन्ततः सुकुम्वासी समस्या समाधानको लागी उपमहानगर स्तरमा एउटा समिति गठन भएको छ । यो निकै खुशिको कुरा हो । अव्यवस्थित बसोसासलाई व्यवस्थित बनाउनको लागीपनि मैले पहल गरको छु । त्यसबाहेक अरु विकासका योजनाहरुपनि परेका छन् ।
यो चार बर्षमा वडालाई कस्तो बनाउने सोच बनाउनुभएको छ ?
यो वडालाई म समृद्ध बनाउछु । कृषि, खानेपानी, सडक ढलान लगातयको विकास गरेर यो वडालाई समृद्ध बनाउने मेरो सोच छ । अनि यो वडामा सिसि क्यामेरा जडान गरेर सुरक्षित गरिकारले बसोबास गर्ने वातावरणपनि मिलाउनेछु । बजनीलाई बिशेषगरी सुरक्षित बनाउनुछ, म त्यसमा पनि लाग्नेछु ।
वडावासीको साथ र सहयोग कत्तिको पाउनुभएको छ, अन्त्यम के भन्नुहुन्छ ?
पक्कैपनि वडावासी सबैले साथ र सहयोग दिनुभएको छ । विकास निमार्णको काममापनि यहाका महिलाहरु एकजुट भएर लागेका छन् । त्यसकारण आगामी दिनमापनि तपाईहरुबाट यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।