जीतपुरसिमरा : सरसफाई अभियान तिब्र

ए वान डेस्क
२९ माघ २०७४, सोमबार १९:२५

खुल्ला दिशामुक्त र स्वच्छ नगर अभियान अन्तर्गत आईतवार जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित रजघट्टामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाई अभियान सुरु हुनुअघि कार्यक्रममा बोल्दै जीतपुरसिमराका नगर प्रमुख डा. कृष्ण पौडेलले स्वच्छ नगरको अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे । उपमहानगरको अभियानमा जनप्रतिनिधिसंगै नगरबासी सहभागी हुदा सफलता मिल्ने भन्दै समाजप्रति सबैको उत्तिकै दायित्व रहेको बताए ।

निर्वाचित भएर आएको चार महिनामा जीतपुरसिमरा उपमहानगरको नगर सभा छिट्टै सम्पन्न गरेर त्यसको कार्यान्यवन अहिले भईरहेको उनको भनाई थियो । नगर सभा र उपमहानगरले सरसफाईलाई बिशेष प्राथमिकतामा राखेको भन्दै उनले सबै नगरबासी सहभागितामा खुल्ला दिशामुक्त र स्वच्छ नगर बनाइने बताए ।

सरसफाई अभियानमा उपप्रमुख सरस्वती चौधरी, वडाअध्यक्ष रामशरण बर्तौला, विभिन्नि राजनितिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका, विद्यालयका छात्रछात्रा र नगरबासीको सहभागिता रहेको थियो । रजघट्टाबाट सुरु भएको सरसफाई अभियान चौधरी टोलसम्म पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*