बारामा यसबर्ष पनि मकैको घोगामा दाना नलाग्ने समस्या

ए वान डेस्क
३ फाल्गुन २०७४, बिहीबार १८:५९

ए वान डेस्क /

बारामा यसबर्ष पनि किशानले लगाएको मकैको घोगाामा दाना नलाग्ने समस्या देखिएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको वडा १६ का विभिन्न टोलका यसबर्ष पनि किसानले लगाएको उन्नत जातको मकैको घोगामा दाना नलाग्ने समस्या देखिएको हो ।

मकैको घोगामा दाना नलागेपछि किसानले क्षेतिपुर्तिको माग गरेका छन् । सरकारले पिडित किसानलाई क्षेतिपुर्ति दिनु पर्ने किसान अर्जुन राउतले बताए । किसानले प्रति किलो १५० भन्दा बढीमा विऊ खरिद गरेर मकै लगाएका थिए । मकैको बोट र घोगा हेर्दा राम्रो भए पनि मकैको दानामा नलालेको पाईएको वडा अध्यक्ष केदार बजगाईले जानकारी दिए ।

किसानले गत कार्तिकमा रोपेको भारतीय श्रेष्ठ, डेगान, बोन्नि जातको मकैको घोगामा दाना नलागेको वडा अध्यक्ष बजागाईले बताए । सरकारले जभाभावी बिऊ बेच्ने अनुमति दिएका कारण किसानले नोक्सानी बेहोर्नु परेको किसानहरुको भनाई छ । वडा अध्यक्ष बजगाईले किसानको खेतबारीमा पुगेर निरीक्षण गर्दै समस्यालाई सम्बन्धित निकायलाई जानकारी गराइएको बताए।

जिल्ला कृषि कार्यालय बारा र नगर कृषि शाखालाई निरिक्षण गरि पिडित जनतालाई नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्। ७ वर्षअघि पनि मकैमा दाना नलागेपछि क्षतिपुर्तिको लागि आन्दोलनमा उत्रिएका थिए। किसानले दाना नलागेको मकैको बोट बोकेर प्रदर्शन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*