डिभिजन टू फाइनल : नेपालको तेस्रो विकेट गयो

आइसीसी डिभिजन टूको फाइनलमा २७८ रनको विजयी लक्ष्य पाएको नेपालले तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटका रुपमा नेपालले दिपेन्द्रसिह ऐरीलाई गुमाएको छ । ऐरीले ६६ बलमा २ छक्कासहित ३५ रन बनाएर आउट भए ।
ओपनर दिलिप नाथलाई गुमाएको केही बेरमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि गुमाएको थियो । मल्ल २४ रन बनाएर आउट भएका हुन् । उनलाई अमिर हायातको बलमा अस्फाक अहम्मदले क्याचआउट गरेका हुन् ।
नेपालका ओपनिङ ब्याट्सम्यान दिलिप नाथ २९ बलमा २ चौकासहित १३ रन बनाएर आउट भएका हुन् । उनलाई रोहन मुस्तफाले आउट गरेका हुन् ।
अहिले नेपालले २९ अाेभरकाे समाप्तिमा ३ विकेट गुमाउँदै ११६ रन बनाएकाे छ । अब नेपालकाे हातमा ७ विकेट बाँकी ५ भने जितका लागि ७ भन्दा माथिकाे रनरेट अावश्यक रहेकाे छ ।
यसअघि टस जितेर ब्याटिङ गरेको युएईले नेपाललाई २ सय ७८ रनको लक्ष्य दिएको थियो । युएइका लागि अस्फाक अहमदले सर्वाधिक १ सय १४ रन बनाएर आउट भए भने गुलाम साबेर १८ रन, रोहन मुस्ताफा ५१ रन, साहिकर अनवारले ४० रन बनाएर आउट भए । रामिद साहज ४१ रनमा नटआउट रहँदा मोहम्मद उस्मान २ रनमा नटआउट रहे ।
नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १र१ विकेट लिए । युएइका एकजना ब्याटम्यान रन आउट भए ।
दुवै टिम शीर्ष २ मा स्थान बनाउदै विश्वकप छनोट खेल्ने भइसकेका छन् । बुधबार नेपालले क्यानडालाई १ विकेटले हरायसँगै नेपालले विश्वकप छनोट खेल्न पाउने छ भने युएईले नामिबियालाई १७ रनले पराजित गरेर विश्वकपमा स्थान बनाएको छ । युएई र क्यानडाको अंक बराबरी भए पनि रन रेटका आधारमा युएईले क्यानडालाई पछि पार्दै विश्वकप छनोटका लागि तयार भएको हो ।
नेपालले युइईलाई हराएमा च्याम्पियन मात्र बन्ने छैन, मार्च ४ तारिखबाट जिम्वावेमा हुने विश्वकप छनोटमा कठिन टिमसँग खेल्नुपर्ने हुन्छ । नेपालले यो खेलमा जित हासिल गरेमा विश्वकप छनोटको समूह ए बाट खेल्नेछ । जहाँ, वेष्ट इण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स र पपुवा न्यूगिनी छन् । पराजित भएर उपविजेतामा सीमित भए नेपालले समूह बी बाट खेल्नुपर्नेछ । समूह बी मा घरेलु टोली जिम्बाबेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् ।
विश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समूहमा विभाजन गरिएको छ। समूह चरणमा सबै टिमले एक अर्कासँग १(१ खेल खेल्नेछन् ।
त्यसपछि दुवै समूहबाट उत्कृष्ट तीनमा स्थान बनाउने टिम सुपर ( ६ चरण खेल्न छनौट हुनेछ । समूह चरणमा पाएको अंकसमेत सुपर ६ चरणमा जोडिनेछ । सुपर ६ चरणपछि फाइनल पुग्ने उत्कृष्ट २ टिम विश्वकप २०१९ खेल्न छनौट हुनेछ।
समूह ‘ए’ मा वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र समूह ‘बि’ अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग रहेका छन् ।