सुनको भाउ बढेर डेढ वर्ष अघिकै भाउमा पुग्यो

ए वान डेस्क
४ फाल्गुन २०७४, शुक्रबार १२:४३

सुनको भाउ शुक्रबार तोलाको ५८ हजार रुपैयाँ पुगेको छ । बिहीबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँ बढेको हो ।

यसअघि २०७३ साल असार १६ गते तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने घट्दै गएको थियो । तर गएको महिनादेखि बढ्न थालेको सुन शुक्रबार भने डेढ वर्ष अघि कै भाउमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा डलर कमजोर हुनु तथा तेलको भाउ बढेकाले सुनको भाउ बढेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*