जीतपुरसिमरा : ‘एयरर्पोट’ को सिसि क्यामेरा झन्डै ६ महिनादेखि बन्द
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको सिमरामा रहेको नागरीक उद्ययन प्राधिकरण ‘एयरर्पोट’ मा जडान गरिएको अधिकासं सिसि क्यामेरा झन्डै ६ महिनादेखि बन्द छ । एयरर्पोटमा जडान गरिएको १२ वटा क्यामेरा मध्य अहिले ७ वटा मात्र क्यामेरा सञ्चालनमा छ । झन्डै ६ महिनादेखि बन्द अवस्थामा रहेको सिसि क्यामेरा सञ्चालन गर्ने सम्बन्धमा कसैलेपनि चासो दिएका छैनन् ।
सुरक्षा चुनौती
पटक–पटक सम्बन्धित निकायलाई क्यामेरा मर्मत गर्ने बिषयमा जानकारी गराएपनि कसैले चासो नदेखाएको प्रहरी नायव निरिक्षक लिलानाथ नेपालले जानकारी दिनुभयो । ‘हामीले धेरै पटक प्रमुख ज्युलाई यो बिषयमा जानकारी गराईसकेका छौ, तर उहाले खासै चासो दिनुभएको छैन’ नेपालले ए वान समाचारलाई भन्नुभयो । नेपालका अनुसार १२ मध्य ७ वटा क्यामेरा बन्द हुदा एयरर्पोटमा सुरक्षा चुनौती थपिदै गएको छ । ‘सिसि क्यामेरा नहुदा एयरर्पोटबाट धेरै मालसमान चोरी भईसकेको छ, त्यसकारण क्यामेरा मर्मत गर्ने बिषयमा चासो देखाउनुपर्ने देखिन्छ’ नेपाले भन्नुभयो ।
मर्मत गर्ने तयारी
नागरीक उद्ययन प्राधिकरण सिमरा शाखाका प्रमुख निराजन काफ्लेले बन्द अवस्थामा रहेको सिसि क्यामेरा मर्मत गर्ने तयारी भईरहेको बताउनुभयो । ए वान समाचारसंग कुरागर्दे काफ्लेले भन्नुभयो ‘बेला–बेलामा पानि पर्ने गरेका कारण त्यो तारमा समस्या आएको हो, हामीले बन्द अवस्थामा रहेको सबै क्यामेरा मर्मत गर्ने तयारी थालिसकेका छौ’ । उहाले १–२ दिन भित्रमै बन्द अवस्थामा रहेको सबै सिसि क्यामेरा सञ्चालनमा आउने बताउनुभयो ।















