आर्मीले दोश्रो पटक जित्यो सिमरा गोल्डकपको उपाधि

ए वान डेस्क
५ फाल्गुन २०७४, शनिबार २३:१७

त्रिभूवन आर्मी क्लबले दोश्रो पटक सिमरा गोल्डकपको उपाधि उचालेको छ । सिमरा रङ्गशालामा शनिवार भएको प्रतियोगितामा थ्रिस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभूवन आर्मीले सिमरा गोल्डकपको उपाधि उचालेको हो । आर्मीले यसअघि २०७१ मा छैंठौं संस्करणको उपाधि जितेको थियो ।

आर्मीलाई उपाधि दिलाउने क्रममो दिनेश हेम्जन र नवयुग श्रेष्ठले समान एक÷एक गोल गरे । खेलको ५८ औं मिनटमा दिनेश हेम्जनले आर्मीलाई अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनटमा आर्मीका नवयुग श्रेष्ठले दोश्रो गोल गर्दा थ्रिस्टार विरुद्ध आर्मीले शानदार जित दर्ता गरायो ।

खेलको म्यान अफ दि म्याच त्रिभूवन आर्मीका सन्तोष तामाङ घोषित भए । खेलका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, बाराका प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धर, आयोजक क्लबका अध्यक्ष कासिम मियाँ, नेपाल खेलकुद पत्रकार महासंघका महासचिब प्रकाश तिमल्सिना लगायत विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रधानसेनापती क्षेत्रीद्वारा खेल अवलोकन

नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्री समेत त्रिभूवन आर्मीको खेल हेर्न सिमरा रङ्गशालामा उपस्थित थिए । राजधानीबाट सेनाका उच्च अधिकारी सहित आर्मीको खेल हेर्न सिमरा रङ्गशाला आएका क्षेत्री पुरै समय खेल हेरेर शनिवारनै राजधानी फर्किए ।

विधागत पुरस्कारमा आर्मीको वर्चस्व

सर्वोत्कृष्ट खेलाडी – दिनेश हेम्जन, त्रिभूवन आर्मी क्लब
सर्वाधिक गोलकर्ता – दिनेश हेम्जन, त्रिभूवन आर्मी (३ गोल )
सर्वोत्कृष्ट गोलरक्षक – विकेश कुथु, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट डिफेन्डर – विमल पाण्डे, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट फरवार्ड – जर्जप्रिन्स कार्की, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट मिडफिल्ड – निराजन खड्का, थ्रिस्टार
फेयर प्ले टिम – आयोजक क्लब ‘निलो’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*