सकियो सिमरामा गोल्डकपको रमझम, झन्डै ५० हजार दर्शकले हेरे खेल

ए वान डेस्क
६ फाल्गुन २०७४, आईतवार ०९:३२

ए वान डेस्क /

मौफशलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा हेरिएको सिमरा गोल्डकपको नवौ संसकरण हिजो सम्पन्न भएको छ । माघ २५ गतेदेखि सिमरा रंगशालामा शुरु भएको गोल्डकपको रमझम हिजो सम्पन्न भयो । समाजसेवी एवं नेपालका चर्चिक कालकारद्धय धुर्मुस–सुन्तलीले गोल्डकपको उद्घाटन गर्नुभएको थियो भने समापन एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्नुभयो ।

१० दिनसम्म चलेको गोल्डकपमा झन्डै ५० हजार दर्शकले खेल हेरेको आयोजकको अनुमान छ । आयोजक मुल समारोह समिति अन्र्तगतको टिकट व्यवस्थापन उप–समितिका संयोजक शालिकराम अधिकारीका अनुसार उद्घाटन र समापन खेलमा झन्डै १०–१० हजार दर्शकले खेल हेरेका छन् ।

‘१० दिनसम्म ५० हजार दर्शकले हेरेको मात्र हो, टिकट त झन्डै आधा भन्दा कम काटिएको छ’ ए वान समाचारसंग कुरागर्दे अधिकारीले भन्नुभयो । १० दिनसम्म चलेको प्रतियोगितामा बिभिन्न व्यक्तित्वसहित गरी आधा भन्दा बढि दर्शकले टिकट नकाटेको अधिकारीको भनाई छ । सिमरा गोल्डकपमा क्वाटरफाईनल खेल अघिसम्म ५० रुपैया टिकट दर कायम गरिएकोे थियो । त्यसपछि सेमिफाईनलमा १०० र फाईनल खेलमा २०० रुपैया कायम गरिएको थियो ।

‘उद्घाटन खेलदेखि क्वाटरफाईनलसम्म ५८ सय ४८, २ दिन भएको सेमिफाईनल खेलमाा १८५६ र हिजो भएको फाईलन खेलमा २८८० जना दर्शकले क्लबलाई सहयोग गरेर खेल हेर्नुभयो’ ए वान समाचारसंग कुरागर्दे प्रचार प्रसार उप–समितिका संयोजक राजदास श्रेष्ठले भन्नुभयो ।

आयोजकले दियो धन्यवाद

प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई आयोजक नव जनजागृती युवा क्लब सिमराले धन्यवाद दिएको छ । समाजिक सञ्जाल फेसबुकमा आयोजक क्लबका अध्यक्षसमेत रहनुभएका मुल समारोह समितिका संयोजक काशिम मियाले १० दिनसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

खेल पर्यटनको विकास र कुशल खेलाडी उत्पादनको लागी अहिलेसम्म सबैले दिएको साथ र सहयोगको अध्यक्ष मियाले प्रशंसा गर्नुभयो । उहाले आगामी दिनमापनि यस्तै साथ र सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

विधागत पुरस्कारमा आर्मीको वर्चस्व

त्रिभूवन आर्मी क्लबले दोश्रो पटक सिमरा गोल्डकपको उपाधि उचालेको छ । सिमरा रङ्गशालामा शनिवार भएको प्रतियोगितामा थ्रिस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभूवन आर्मीले सिमरा गोल्डकपको उपाधि जित्यो । आर्मीले यसअघि २०७१ मा छैंठौं संस्करणको उपाधि जितेको थियो ।

आर्मीलाई उपाधि दिलाउने क्रममो दिनेश हेम्जन र नवयुग श्रेष्ठले समान एक÷एक गोल गरे । खेलको ५८ औं मिनटमा दिनेश हेम्जनले आर्मीलाई अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनटमा आर्मीका नवयुग श्रेष्ठले दोश्रो गोल गर्दा थ्रिस्टार विरुद्ध आर्मीले शानदार जित दर्ता गरायो ।

खेलको म्यान अफ दि म्याच त्रिभूवन आर्मीका सन्तोष तामाङ घोषित भए । खेलका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, बाराका प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धर, आयोजक क्लबका अध्यक्ष कासिम मियाँ, नेपाल खेलकुद पत्रकार महासंघका महासचिब प्रकाश तिमल्सिना लगायत विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

विधागत पुरस्कारमा आर्मीको वर्चस्व

सर्वोत्कृष्ट खेलाडी – दिनेश हेम्जन, त्रिभूवन आर्मी क्लब
सर्वाधिक गोलकर्ता – दिनेश हेम्जन, त्रिभूवन आर्मी ९३ गोल ०
सर्वोत्कृष्ट गोलरक्षक – विकेश कुथु, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट डिफेन्डर – विमल पाण्डे, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट फरवार्ड – जर्जप्रिन्स कार्की, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट मिडफिल्ड – निराजन खड्का, थ्रिस्टार
फेयर प्ले टिम – आयोजक क्लब ‘निलो’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*