अनेरास्ववियुको क्षेत्रीय भेला जीतपुरमा सम्पन्न

बारा क्षेत्र नम्बर ४ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको क्षेत्रिय भेला शुक्रवार सम्पन्न भएको छ । जीतपुरस्थित फकिरा गिरि राजेश्वर गिरि उच्च माबिमा भएको युनियनको भेलाले राजकुमार न्यौपानेको अध्यक्षतामा ३१ सदस्य क्षेत्रिय कमिटि गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा सन्तोष सर्राफ, सचिब साजन रेग्मी, कोषाध्यक्ष अस्मिता कंडेल, उपसचिब अजम गुप्ता रहेका छन् । यसैगरी सदस्यमा नवीन खडका, सालु सिंह, सुजता कार्की, उदय लोहनी, रबिन चौधरी, प्रदिपकुमार गुप्ता, यथार्थ सिंह बस्नेत, प्रमिला सुनुवारलगायत रहेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष देव नारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रचार बिभाग प्रमुख मनोज पौडेल, जिल्ला सचिबालय सदस्य बिद्या थापा, अनेरास्ववियु पुर्ब केद्रीय सदस्य तथा बिद्यार्थी इन्चार्ज तारा कार्की, अनेरास्ववियु राष्ट्रिय प्रतिनिधि सदस्य त्रिलोक बिक्रम शाह, जिल्ला संयोजक ईमरान आलमलगायतको उपस्तिथि रहेको थियो ।
जिल्ला आयोजक सदस्य राजेश गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रको सहजीकरण राजकुमार न्यौपानेले गरेका थिए ।